तपाईँ सुन्दै हुनुहुन्छः

बक्सिङमा ११ स्वर्णसहित आर्मी च्याम्पियन

गण्डकी I नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत भएको बक्सिङ प्रतियोगितामा त्रिभुवन आर्मी क्लब ११ स्वर्णसहित च्याम्पियन बनेको छ । एपिएफले चार, बागमतीले तीन, एनआरएनले दुई, गण्डकी प्रदेश, प्रदेश नं १ र नेपाल पुलिसले समान एक–एक स्वर्ण पदक जितेका छन् । 

प्रतियोगिताअन्तर्गत ४८ केजी तौल समूहमा आर्मीका सुशील थापा, ५१ केजी तौल समूहमा नेपाल पुलिस क्लबका चन्द्रबहादुर थापा, ५४ केजी तौल समूहमा आर्मीका प्रेम चौधरी, ५७ केजी तौल समूहमा गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए० का शिवु थापा, ६० केजी तौल समूहमा आर्मीका पुरन सुनुवार, लाइट ६३ केजी तौल समूहमा बागमतीका मौसम रानामगरले स्वर्ण पदक जिते । 

त्यस्तै ६७ केजी तौल समूहमा आर्मीका दानबहादुर दर्माली, लाइट ७१ केजीमा एनआरएनका चन्द्रबहादुर तामाङ, ७५ केजी तौल समूहमा आर्मीका दीपक श्रेष्ठ, लाइट ८० केजीतर्फ आर्मीका महेन्द्र केसीले स्वर्ण पदक जिते। ८६ केजी तौल समूहमा एपिएफका रविन नेपाली, ९२ केजी तौल समूहमा गण्डकीका दीपक सुनुवार, ९२ केजीभन्दा माथिको तौल समूहमा आर्मीका आशिष दवाडीले स्वर्ण पदक हात पारे  ।

यसैगरी महिलातर्फ ४८ केजी तौल समूहमा बागमती प्रदेशकी सुष्मा तामाङ, महिलातर्फको ५० केजी तौल समूहमा पुलिसकी दिवाना शर्मा, ५२ केजी तौल समूहमा आर्मीकी मीनु गुरुङ, ५४ केजी तौल समूहमा आर्मीकी वर्षा श्रेष्ठ, ५७ केजी तौल समूहमा आर्मीकी चन्द्रकला थापा, ६० केजी तौल समूहमा एपिएफकी सङ्गीता सुनार, ६३ केजी तौल समूहमा आर्मीकी पुनम रुवाल, ६६ केजी तौल समूहमा एपिएफकी विनिता मगर, ६९ केजी तौल समूहमा एपिएफकी सरस्वती रानामगरले स्वर्ण पदक हात पारे  । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button