तपाईँ सुन्दै हुनुहुन्छः

रुसले ऊर्जा गृहहरू माथि क्षेप्यास्त्र प्रहार गरे पछि युक्रेनमा ऊर्जा संकट  उत्पन्न

काठमाडौं । रुसले युक्रेनको विद्युत् तथा ऊर्जा गृहहरू माथि क्षेप्यास्त्र प्रहार गरे पछि युक्रेनमा ठुलो ऊर्जा संकट उत्पन्न भएको छ । 

युक्रेनको राष्ट्रिय ऊर्जा कम्पनीले आज सम्म सबै विद्युतीय उपकरण चार्ज गर्न आग्रह गरेको छ । 

आज देखी दैनिक ४ घण्टा सम्म लोडसेडिङ हुने युक्रेनी अधिकारीहरूले जनाएका छन् । 

यसैबीच रुसले हिजो पनि युक्रेनी ऊर्जा गृहहरूमा आक्रमण जारी राखेको छ । 

गत अक्टोबर १० देखी रुसले युक्रेनको ऊर्जा गृहहरू माथि क्षेप्यास्त्र आक्रमण सुरु गरेको थियो । 

यसैबीच युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेस्कीले रुसी आक्रमणमा युक्रेनको ३० प्रतिशत भन्दा बढी विद्युत् गृहहरू क्षतिग्रस्त भएको बताउनु भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button