तपाईँ सुन्दै हुनुहुन्छः

बझाङमा जिप दुर्घटना: मृत्यु भएका ७ जनाकै पहिचान खुल्यो

बझाङ । बझाङको मस्टा गाउँपालिका−१ तुफान डाँडामा जिप दुर्घटना हुँदा मृत्यु भएका ७ जनाकै पहिचान खुलेको छ ।

दुर्घटनामा मस्टा गाउँपालिका–२ की १३ वर्षीया सम्झना खड्का, सोही ठाउँका १५ वर्षीय रोशन खड्का, २८ वर्षीया वसन्ती धामी, १३ वर्षीय प्रचण्ड खड्का, ३८ वर्षीय विरेन्द्र अधिकारी, ७ महिनाकी बालिका दक्षिता कठायत र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका− ७ का ४२ वर्षीय झरेन्द्र बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी रमेशदत्त अवस्थीले बताउनुभयो ।

बझाङको सदरमुकाम चैनपुर नजिक रहेको डुङ्ग्री बजारबाट मस्टा गाउँपालिका–२ खेतकोट जाँदै गरेको जीप आज दिउँसो दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

सु.प.प्र ०१–००१ च ११७ नम्बरको जीप तुफान डाँडामा दुर्घटना भएको थियो । जीप सडकबाट दुई सय मिटर तल भिरमा खसेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button