निःशुल्क आँखा शिविरमा ४ सय बढीले सेवा लिए
सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिका १ सल्ली बजारमा आयोजना गरिएको निःशुल्क आँखा शिविरमा ४ सय बढीले सेवा लिएका छन् ।
दुई दिनसम्म सञ्चालन गरिएको शिविरमा ४ सय ६४ जनाले सेवा लिएको नेपाल रेडक्रस सोसाइटी बनगाड कुपिण्डे शाखाका सभापति पुष्कर बिसीले जानकारी दिनुभयो ।
निःशुल्क आँखाको जाँच, चश्मा र अप्रेसन सेवा पाएपछि बिरामी खुसी भएका छन् । विपन्न जनताको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी शिविर सञ्चालन गरिएको रेडक्रसले जनाएको छ ।
४ सय ६४ जनाको आँखा चेकजाँच गर्दा ६५ को मोतिया बिन्दुको अप्रेसन गरिएको बिसीको भनाई छ । शिविरमा आँखामा मासु पलाएको, आँखा पाक्ने, दृष्टि दोष जस्ता समस्या भएका धेरै बिरामी आएको नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पताल तुलसीपुरले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्