तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा १५ सदस्य पदका लागि १२६ जना चुनावी मैदानमा 

टीकापुर, कैलाली । मङ्सिर ४ गते हुन गइरहेको निर्वाचनमा कैलालीमा १५ सदस्य पदका लागि १२६ जना चुनावी मैदानमा उत्रिएका छन् । प्रतिनिधिसभाका ५ सदस्य पदका लागि ४८ जना र प्रदेशसभाका १० सदस्य पदका लागि ७८ जना गरी जम्मा १२६ जना चुनावी मैदानमा उत्रिएका हुन् । 

उनीहरू मध्ये १०१ जना राजनीतिक दलबाट सदस्य पदका उम्मेदवार बनेका छन् भने २५ जना स्वतन्त्र उम्मेदवार छन् । प्रतिनिधि सभामा १० र प्रदेश सभामा १५ जना स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । 

५ लाख, ३५ हजार ५१४ मतदाता रहेको कैलालीमा २३७ मतदान स्थल र ६२९ मतदान केन्द्र तोकिएका छन् । गएको स्थानीय तह निर्वाचनमा २३६ मतदान स्थल र २१९ मतदान केन्द्र रहेको कैलालीमा आसन्न निर्वाचनका लागि एक मतदान स्थल र १० ओटा मतदान केन्द्र थप गरिएका निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टले जानकारी दिनुभयो । 

अहिले मतदानमा खटिने जनशक्ति छनोट र उनीहरुलाई तालिम तथा परिचालन सम्बन्धी कामहरू भइरहेको समेत प्रमुख भट्टले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button