तपाईँ सुन्दै हुनुहुन्छः

भतिजालाई गोली हानेका काका कञ्चटमा गोली लागेको अवस्थामा मृत फेला


भद्रपुर, झापा । झापाको गौरादहमा सामान्य विवादमा आफ्नै भतिजालाई गोली हान्ने एक व्यक्ति आफैँ कञ्चटमा गोली लागेको अवस्थामा मृत फेला परेका छन् ।

गौरादह नगरपालिका–८ जुरोपानीका ३६ वर्षीय विरन साहले हिजो बेलुका १५ वर्षीय भतिज हेमराज साहलाई गोली प्रहार गरी घाइते बनाएको र खोजी गर्नेक्रममा घटनास्थलबाट करिब १०० मिटर उत्तर पर्ने सुकुना खोला किनारमा कञ्चटमा गोली लागी मृत्यु भएको अवस्थामा उनलाई फेला पारिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनले आफैंले कञ्चटमा गोली हानेको हुनसक्ने देखिएको प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले बताउनु भयो ।

घाइते हेमराजको विर्तामोडस्थित बीएण्डसी हस्पिटलमा उपचार भइरहेको छ भने घटना बारे इलाका प्रहरी कार्यालय दमकले विस्तृत अनुसन्धान थालेको बताइएको छ ।मृतक सशस्त्र प्रहरी बलका अवकाशप्राप्त कर्मचारी रहेको बुझिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button