तपाईँ सुन्दै हुनुहुन्छः

बैतडी सुर्नयाकी किशोरी ४० दिनदेखि बेपत्ता

बैतडी।  बैतडीको सुर्नया गाउँपालिका वडा न.४ की १७ वर्षीया सिर्जना लोहार गत ४० दिनदेखि हराएकी छिन  । 

भदौ २३ गतेका दिन गौरापर्वबाट हराएकी लोहार अझै बेपत्ता रहेको उहाँका बुवा बिरा लोहारले बताउनुभयो । छोरी बेपत्ता भएकै भोलिपल्ट प्रहरीमा खबर गरेपनि अझै पत्ता नलागेको उहाँको भनाई छ । 

रातीको समयमा हराएकी छोरीको खोजीका लागि सबै प्रयास गरेपनि नभेटिएको उनकी आमा जानकी लोहारले बताउनुभयो । 

छोरी केटासँग भागेको भए सम्पर्कमा आउनुपर्ने तर ४० दिनसम्म सम्पर्क नगरेकाले चिन्ता बढेको परिवारको भनाई छ । 

उक्त घटनाका विषयमा प्रहरीमा जानकारी आएकाले खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button