चार महिना देखि तलब नपाउँदा हरिपुर्वाका शिक्षक आन्दोलित

सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिकाको शिक्षकहरु आन्दोलित भएका छन् ।
नगरपालिकाले प्रथम त्रैमासिक तलब भत्ता नदिएको भन्दै हरिपुर्वाका सम्पुर्ण विद्यालयका शिक्षकहरू असोज २७ गते देखि नै आन्दोलित बनेको छ । दसैँ बिदा सकिसके पनि तलब भत्ता सम्बन्धी शिक्षा शाखा प्रमुख, प्रमुख प्रशासकीय अधिकृत लगायत नगर प्रमुख तथा उपप्रमुख बाट सन्तोष जनक जवाफ नआए पछि आफूहरू आज पनि धर्नामा बसेको केश्वर गरिब जनता माविका शिक्षक सञ्जय कुमार यादवले आरोप लगाउनुभयो ।
शिक्षकहरूको तलब भत्ताको ठोस निर्णय नगरे आफूहरूले नगरपालिकामा तालाबन्दी समेत गर्ने शिक्षक यादवले बताए । हरिपुर्वा नगरपालिकाले अहिले सम्म पनि बजेट ल्याउन नसक्नु दुखद रहेको छ, शिक्षकहरू बिगत ४ महिना देखि तलब लिएका छैन रामजानकी माविका शिक्षक चितरन्जन सिंहले भन्नुभयो । आफूहरू मङ्गलवार सम्म पर्खिने छु, मङ्गलवार पनि नगरपालिकाले तलब भत्ता सम्बन्धी ठोस निर्णय नगरे नगरपालिकामा तालाबन्दी गर्ने शिक्षक सिंहले जानकारी दिनुभयो ।
नगर प्रमुख विनोद साहका अनुसार जनप्रतिनिधिहरू नगरसभा प्रति गम्भीर नभएकोले समयमै नगर सभा नहुँदा शिक्षकहरूको तलब भत्ता रोकिएको बताउनुभयो । आफु नगर सभा गराउन प्रयासरत छु, छिटै शिक्षकहरूको समस्या समाधान हुने नगर प्रमुख साहले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

आफूहरू पटक पटक कार्यपालिका बैठक बसी नगर सभाको लागि प्रयास गरे पनि अल्पमतमा परेर नगर सभा गराउन असफल भएको नगर प्रमुख साहको भनाइ छ । असोज ५ गते देखि नगर सभाको लागि एक किसिमको सम्झौता भएपनि विभिन्न मितिमा नगरसभाको लागि बैठकको समय तोके पनि जनप्रतिनिधिहरू बैठकमा सहभागी नभएको हुँदा नगर सभा रोकिएको नगर प्रमुख साहले बताउनुभयो ।
शिक्षकहरूले सोमवार(आज) नै तालाबन्दी गर्ने योजना बनाए पनि मङ्गलवार सम्म कुर्न भनेको छु, शिक्षक तथा अन्य कर्मचारीहरूको समस्या समाधानको लागि आफु गम्भीर भएर लागेको नगर प्रमुख साहको भनाइ रहेको छ ।







प्रतिक्रिया राख्नुहोस्