बबईमा महिलाको शव फेला

दाङ । दाङमा एक महिलाको शव निर्वस्त्र अवस्थामा फेला परेको छ । जिल्लाको बबई गाउँपालिका वडा नम्बर ७ स्थित बबई नदिको बेलासपुरघाटमा अनुमानित ३५ वर्षीय महिलाको शव फेला परेको हो ।
बबई नदिले बगाएर ल्याएको अवस्थामा शव फेला परेको बबई ७ का वडाध्यक्ष तिलकराम भण्डारीले जानकारी दिनुभयो । बबई नदिमा ढुङ्गामा अल्झिएको अवस्थामा शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
ईलाका प्रहरी कार्यालय खिलतपुरको प्रहरी टोलीले घटनाको मुचुल्का उठाएर शव उठाएको थियो । शवको पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतकको शवलाई पोस्टमार्टम लागि तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्