तपाईँ सुन्दै हुनुहुन्छः

स्वतन्त्र,मर्यादित र निष्पक्ष रेपोर्टिङ्गमा जोड

पाल्पा I निर्वाचनका बेला पत्रकारले स्वतन्त्र,मर्यादित र निष्पक्ष रेपोर्टिङ्ग गर्नुपर्नेमा एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । 

आज पाल्पा विकास केन्द्र पाल्पा , विजय विकास स्रोत केन्द्र नवलपरासीको आयोजना र पत्रकार महासङ्घ पाल्पाको समन्वयमा गरिएको कार्यक्रमका वक्ताहरूले निर्वाचनको बेला पत्रकारहरू झन् बढी निष्पक्ष,तथा स्वतन्त्र हुनुपर्नेमा जोड दिइएको हो । निर्वाचनको समयमा आस्थाकै आधारमा पत्रकारहरू एक पक्षीय हुन नहुनेमा सहभागीहरूको जोड थियो । 

कार्यक्रममा मुख्य निर्वाचन अधिकृत कमलराज विष्टले निर्वाचनलाई स्वच्छ, भयरहित र मर्यादित बनाउन आचार संहिताको कडाइ रुपमा पालना नै प्रमुख विषय भएको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले पत्रकारिता क्षेत्रको सहयोगमा निर्वाचन स्वच्छ र मर्यादित बनाउन सकिने बताउनुभयो । 

कार्यक्रममा पत्रकार महासङ्घका अध्यक्ष रेखीराम रानाले पत्रकारहरू निष्पक्ष हुनुपर्ने भन्दै सबैले निष्पक्ष भएर समाचार सङ्कलन र प्रकाशन गर्नुपर्ने दायित्व भएको बताउनुभयो । पाल्पा विकास केन्द्रका कार्यकारी निर्देशक किरण कौशलले पत्रकारिता पेशा नै निष्पक्ष हुनुपर्ने भएकाले समाचारको वास्तविकता र सत्यतामा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले केन्द्रले यस क्षेत्रका पत्रकारको क्षमता अभिवृत्ति, लेखन सीप, लेखन वृत्ति लगायतको क्षेत्रमा काम गर्दै आई रहको बताउनुभयो ।

कार्यशालामा प्रशिक्षक गोपाल बस्यालले निर्वाचन आचार संहिता, आचारसंहिता पालनामा पत्रकार, सञ्चार गृहले खेल्नुपर्ने भूमिका, निर्वाचन, ऐन, कानून, जरिवानाको विषयमा विषय प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button