डडेलधुरासहित सुदूरका पहाडी जिल्लामा विद्युत् अवरुद्ध
डडेल्धुरा । डडेलधुरासहित सुदूर पहाडका जिल्लामा विद्युत् सेवा अवरुद्ध भएको छ ।
कैलालीको सहजपुरमा ३३ केभीको तार टुटेपछि विद्युत् सेवा अवरुद्ध भएको विद्युत् प्राधिकरण डडेल्धुराका प्रमुख रामदिनेश राय यादवले जानकारी दिनुभयो ।
उहाँका अनुसार आइतबार रातिदेखि विद्युत् सेवा अवरुद्ध भएकामा अहिले मर्मतको काम जारी छ । मर्मत हुनेबित्तिकै विद्युत् सेवा सञ्चालन हुने जनाइएको छ ।
उहाँका अनुसार अघिल्लो साता १३२ केभीको लाइनमा समस्या आएपछि ३३ केभीबाट सेवा सञ्चालन गरिएको थियो ।
आजसम्म १३२ केभीको प्रसारण लाइन पनि मर्मत भइसक्ने यादवले बताउनुभयो । विद्युत् अवरुद्ध हुँदा नेट इन्टरनेटसँग सामाजिक सञ्जाल प्रभावित बनेको छ भने विद्युतीय कारोबारमा असहजता भएको छ । रासस








प्रतिक्रिया राख्नुहोस्