तपाईँ सुन्दै हुनुहुन्छः

एथलेटिक्स खेलाडी दुर्गाबहादुर विरुद्ध प्रोटेस्ट दर्ता

कास्की I कर्णालीका एथलेटिक्स खेलाडी दुर्गाबहादुर बुढाविरुद्ध तीन विभाग सहित चार टिमले प्रोटेस्ट दर्ता गराएका छन् ।

एथलेटिक्सतर्फको राष्ट्रिय प्रतियोगिताको तेस्रो दिन सञ्चालन हुने पुरुष स्टिवल चेज इभेन्टमा कर्णाली प्रदेशबाट सहभागी दुर्गाबहादुरविरुद्ध त्रिभुवन आर्मी, नेपाल पुलिस र एपीएफ क्लब सहित गण्डकी प्रदेशले प्रोटेस्ट दर्ता गरेका छन् ।

बुढाले छिमेकी देश भारतबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्दै आएको उल्लेख गर्दै चार टिमले सहभागिता खारेजीको माग गरेका छन् । 

‘आठौँ राष्ट्रिय खेलकुदमा कर्णाली प्रदेशबाट सहभागी भई पदक जितेर र १३ औँ सागमा राष्ट्रिय टिमको तयारीको सिलसिलामा भारतबाट प्रतिनिधित्व गर्दै खेल्ने हुँदा नेपालबाट सहभागी हुन नसक्ने जनाएर राष्ट्रको प्रतिनिधित्व गर्न सक्नु भएन ।’ चार टिमले भनेका छन्, ‘राष्ट्रको प्रतिनिधित्व गर्ने बेलामा उपस्थित हुन नसक्ने तर राष्ट्रिय प्रतियोगितामा उहाँको सहभागी रहेको छ ।’ 

चार टिमले बुढाको सहभागिताले न्यूनतम सुविधाको बावजुत आफ्नो क्षमता प्रदर्शन गर्ने खेलाडी हतोत्साहित हुने भएकाले सहभागिता खारेजीको माग गरेका हुन् । 

पुलिसका टिम कोच भुमिराज राई, एपीएफका टिम कोच पदमराज भाट, आर्मीका टिम कोच रमिर तामाङ र गण्डकी प्रदेश एथलेटिक्स टिम प्रशिक्षक गोवबहादुर अधिकारीले प्राविधिक उप समितिका संयोजक हिमालराज दाहाललाई पत्र लेख्दै प्रोटेस्ट दर्ता गरेका हुन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button