आचारसंहिताको पालना गर्ने उम्मेदवारहरूको प्रतिबद्धता
सुनसरी । सुनसरीका राजनीतिक दलहरू र स्वतन्त्रका उम्मेदवारहरूले निर्वाचन आचारसंहिता पूर्ण रुपमा पालन र कार्यान्वयन गर्ने लिखित प्रतिबद्धता जनाएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सुनसरीको इनरुवामा आयोजना गरेको कार्यक्रममा सबै राजनीतिक दल र स्वतन्त्र उम्मेदवार तथा प्रतिनिधिहरूले सो प्रतिबद्धता जनाएका हुन् ।
दलका प्रतिनिधिहरूले भने चुनाव प्रचारमा सहभागी हुने सरकारी कर्मचारी, जनप्रतिनिधिहरू, सरकारी स्रोत साधनको प्रयोगको कार्यान्वयन गराउन अधिकृत र प्रमुख जिल्ला अधिकारीलाई आग्रह गर्दै निर्वाचन आचारसंहिता कार्यान्वयन र पालन गर्ने लिखित प्रतिबद्धता जनाएका छन् ।
मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले सबै दल र उम्मेदवारहरूले आचार संहितामा भएको कुरा पालना गर्ने गरि लिखित हस्ताक्षर गर्नुभएकोमा धन्यवाद दिनुभयो ।
दल र स्वतन्त्र गरि ४४ बढी उम्मेदवार तथा प्रतिनिधिहरूले निर्वाचन आचारसंहिता पालन गर्ने लिखित प्रतिबद्धता जनाएका हुन् ।








प्रतिक्रिया राख्नुहोस्