तपाईँ सुन्दै हुनुहुन्छः

लोकतन्त्र र संविधान जोगाउन गठबन्धन: वरिष्ठ नेता पौडेल

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र र संविधान जोगाउन गठबन्धन गरिएको बताउनुभएको छ ।

file photo

तनहुँको भानु नगरपालिका–६ स्थित सिम्पानीमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा वरिष्ठ नेता पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै देशमा सुशासन कायम गर्न आवश्यकता देखिएकोले गठबन्धन गरी देशलाई निकास दिन लागिएको बताउनुभयो ।

वरिष्ठ नेता पौडेलले युवा शक्तिलाई बिदेसिनबाट रोक्नका लागि स्वदेशमा बसेर रोजगारी गर्ने अवसर दिने मुख्य लक्ष्य रहेको बताउनुभयो ।

रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button