श्रेष्ठको संयोजकत्वमा निर्वाचन केन्द्रीय परिचालन समिति गठन
काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पूर्व उपसभापति गोपालमान श्रेष्ठको संयोजकत्वमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन केन्द्रीय परिचालन समिति गठन गर्नुभएको छ ।

सभापति देउवाले नेपाली काँग्रेसको विधान बमोजिम केन्द्रीय कार्यसमितिका सदस्य एवं पूर्व उपसभापति श्रेष्ठको संयोजकत्वमा १ सय १० सदस्यीय निर्वाचन केन्द्रीय परिचालन समिति गठन गर्नुभएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा आज जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।












प्रतिक्रिया राख्नुहोस्