तपाईँ सुन्दै हुनुहुन्छः

वाङ्मय शताब्दी पुरुष जोशीप्रति प्रधानमन्त्रीसहित विभिन्न व्यक्तिद्वारा श्रद्धाञ्जली अर्पण (तस्बिरहरू)

काठमाडौँ । वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा ललितपुर ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको छ ।

पिसाब सङ्क्रमण, छाती तथा मुटुको समस्याबाट पीडित उहाँ पछिल्लो समय डेङ्गुबाट समेत सङ्क्रमित भई सो मेडिकल कलेजमा यही असोज ७ गते भर्ना भई उपचाररत हुनुहुन्थ्यो । 

शताब्दी पुरुषको आज बिहान ७ बजेर ९ मिनेटमा निधन भएको हो । अस्पताल बसाइको सुरुका दिनमा केही सुधार भएजस्तो देखिए पनि पछि उहाँको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको थियो ।  कलेजले  जोशी र उहाँकी पत्नीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको थियो ।

वाङ्मय शताब्दी पुरुष जोशीको पार्थिव शरीरमा प्रधानमन्त्री शेरबहादुर देउवाले  ललितपुर महानगरपालिका परिसर पुगेर राष्ट्रिय झण्डा ओढाई श्रद्धाञ्जली दिनुभएको छ  ।

जोशीलाई श्रद्धाञ्जली दिन सभामुख अग्निप्रसाद सापकोटा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, ऊर्जा मन्त्री पम्फा भुसाल, नेता वामदेव गौतम, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलगायत ललितपुर महानगरपालिका परिसर जानुभएको थियो ।  

यसअघि शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर किष्ट मेडिकल कलेज परिसरमा श्रद्धाञ्जलीका लागि राखिएको थियो । 

तस्बिर: रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button