नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका एक खेलाडीको प्याराग्लाइडिङ दुर्घटनामा परेर निधन
काठमाडौँ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको एक खेलका खेलाडीको दुर्घटनामा परेर निधन भएको छ ।
नवौँमा पहिलो पटक समावेश गरिएको पाराग्लाईडिङको क्रसकन्ट्री स्पर्धामा प्रतिस्पर्धा गरेका निसिम थापाको दुर्घटनामा परेर निधन भएको हो ।
साराङकोटमा जारी प्याराग्लाइडिङमा उनी त्रिभुवन आर्मी क्लबबाट सहभागी भएका थिए । कास्की घर भएका २६ वर्षीय थापा १०० मिटर माथिबाट जमिनमा खसेका थिए ।
तत्काल उनलाई उपचारका लागि पोखरामै रहेको मेट्रोसिटी अस्पताल लगिएकोमा चिकित्सकहरूले मृत घोषणा गरेका थिए ।
२०३८ सालदेखि सुरु भएको राष्ट्रिय खेलकुद प्रतियोगिताको नवौँ संस्करणसम्म आइपुग्दा खेलाडीको निधन भएको पहिलो घटना हो ।







प्रतिक्रिया राख्नुहोस्