तपाईँ सुन्दै हुनुहुन्छः

सत्यमोहन जोशीको निधनप्रति अध्यक्ष ओलीद्वारा दुःख व्यक्त 

काठमाडौं । नेपाली वाङ्मयका अविच्छिन्न साधक शताब्दी पुरुष सत्यमोहन जोशीको निधनप्रति नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गर्नुभएको छ । 

अध्यक्ष ओलीले आज बिहान एक ट्विट जारी गर्दै जोशीको निधनले बितेको शताब्दीसँग आजको पुस्ताले जीवन्त साक्षात्कार गर्ने अवसर गुमाएको उल्लेख गर्नुभएको छ ।

अध्यक्ष ओलीले ‘अलबिदा शताब्दी पुरुष’ श्रद्धा सुमन भन्दै शोकाकुल परिवार जनामा गहिरो समवेदना व्यक्त गर्नुभएको छ । जोशीको  १०३ वर्षको उमेरमा आइतबार बिहान निधन भएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button