नवौँ राष्ट्रिय खेलकुद: पौडीमा डङ्गोललाई तीन स्वर्ण
पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पौडीतर्फ एनआरएनएकी एस्ली सापकोटा डङ्गोलले तीन स्वर्ण पदक जितेकी छन् । पोखरास्थित फिस्टेल एकेडेमीको सर्ट कोर्समा शनिबार डङ्गोलले तीन स्वर्ण हात पारेकी छन् ।
डङ्गोलले महिला ५० मिटर बटरफ्लाई, १०० मिटर फ्री स्टाइल र २०० मिटर ब्याकस्ट्रोकमा स्वर्ण पदक जितेकी हुन् । उनले ५० मिटर बटरफ्लाईमा ३० सेकेन्डको समय निकालेकी थिइन् ।
आर्मी डुवाना लामाले ३२ः१२ सेकेन्डको समय निकाल्दै रजत जित्दा नेपाल पुलिसका मेगन गुरुङले ३२ः५२ मिनेटसहित कास्य जितिन् ।

त्यस्तै १०० मिटर फ्रि स्टाईलमा डङ्गोलले १ मिनेट २ः८४ सेकेन्डको समय निकाल्दै स्वर्ण हात पारिन् । आर्मीकी अनुशिया तन्डुकारले १ मिनेट १ः८३ को समय निकाल्दै रजत जित्दा पुलिसकी मेगन गुरुङले १ मिनेट ६ः२ को समय निकाल्दै कास्य जितिन् । डङ्गोलले २०० मिटर ब्याकस्ट्रोकमा २ मिनेट ३६ः४ सेकेन्डको समय निकाल्दै स्वर्ण जितिन् ।
रजत जितेकी बागमतीकी आर्जु थापा मगरले ३ मिनेट १७.९९ सेकेन्डको समय निकालिन् । कास्य जितेकी प्रदेश एककी उपासना राईले ४ मिनेट २८.८६ सेकेन्डको समय निकालिन् ।
पुरुषतर्फ
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पौडीको पुरुष २०० मिटर ब्याक स्ट्रोकमा एपीएफ क्लबका तेन्जिङ नामडोल रायन गुरुङले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेका छन् । तेन्जिङले २ मिनेट १६.२३ सेकेन्डको राष्ट्रिय कीर्तिमानको समय निकाल्दै स्वर्ण जितेका हुन् ।
तेन्जिङको यो दोस्रो स्वर्ण हो । यसअघि उनले ५० मिटर बटरफ्लाईमा स्वर्ण जितेका थिए ।
यस स्पर्धामा प्रदेश नम्बर एकका प्रारम्भ भण्डारीले २ मिनेट २३ः६४ सेकेन्डको समय निकाल्दै रजत जित्दा एपीएफका सौरेन बहादुर सिंहले २ मिनेट २५ः२३ सेकेन्डको समय निकाल्दै कास्य जिते ।

१३ औँ सागमा १५ सय मिटर फ्रि स्टाइलमा १७ मिनेट ४९ सेकेन्ड लगाएका त्रिभुवन आर्मी क्लबका नासीर याहा हुसेनले आज बिहान भएको प्रतियोगितामा १६ मिनेट ५० सेकेन्डमा दुरी पुरा गरेका हुन् । उनले यसअघि रहेको आफ्नै रेकर्ड ब्रेक गरेका हुन् । एनआरएनका आशिष सापकोटाले १६ मिनेट ५७ सेकेन्डमा पुरा गरेका थिए । १५ सय फ्रि स्टाइलमा नासीरले स्वर्ण पदक जितेका छन् ।
आज भएको २ सय मिटर पौडीमा त्रिभुवन आर्मी क्लबकै दोहना लामाले २ मिनेट ३१ सेकेन्डमा पुरा गर्दै गौरीका सिंहको २ मिनेट ३२ सेकेन्ड रहेको थियो ।
पौडी प्रतियोगितामा २०३ जना खेलाडीहरू सहभागी जनाएको नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जानकारी दिए ।
२५ मिटर हिटदेखि १५ सय मिटर हिटसम्म हुने कार्यक्रमको भोलि बिहान ८ सय मिटर पौडी खेल प्रतियोगिताको फाइनल हुने बज्राचार्यले बताए ।
नेपाल पौडी खेल संघका केन्द्रीय अध्यक्ष अशोक बज्राचार्यका अनुसार ४ स्ट्रोकमा २१ इभेन्टहरू सञ्चालन हुने छन् । फ्रि स्टाइल, व्रेष्ट स्टोक, वटरफलाई, वटरपलाई ब्याक स्टोक र आइ एम गरी समूहका खेलाडीले खेलमा प्रतिस्पर्धा गर्नेछन् ।








प्रतिक्रिया राख्नुहोस्