विमानस्थलमा स्थानीयलाई रोजगारीमा प्राथमिकता दिइने: गृहमन्त्री खाँण
भैरहवा । गृहमन्त्री बालकृष्ण खाँणले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कर्मचारी भर्ना गर्दा स्थानीयलाई प्राथमिकता दिइने बताउनुभएको छ ।

उहाँले विमानस्थलमा नयाँ रोजगारी खुल्दा र अन्य अवसरमा समेत स्थानीयले प्राथमिकता पाउने भन्दै त्यसतर्फ आफूले पहल गर्ने बताउनुभयो ।
रुपन्देही क्षेत्र नम्बर ३ मा पाँच दलीय सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार समेत रहनुभएका गृहमन्त्री खाँणले शनिबार भैरहवामा आयोजित कार्यक्रममा स्थानीयले आफ्नो जग्गा उपलब्ध गराएपछि मात्र विमानस्थल निर्माण सम्पन्न भएकाले नयाँ रोजगारी खुल्दा स्थानीयलाई योग्यता अनुसारको रोजगारीमा प्राथमिकता दिइने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्