तपाईँ सुन्दै हुनुहुन्छः

लहरीले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका २४ बहुअरीचोक स्थित सडकखण्डमा लहरीले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको छ ।

वीरगञ्जको सिर्सिया स्थित सुख्खा बन्दरगाहबाट परवानीपुरतर्फ जाँदै गरेको ना ३ ख ५७४३ नम्बरको लहरीले बाटो काट्दै गरेका पैदल यात्री पोखरिया नगरपालिका १ वनकटुवा बस्ने वर्ष ६० का विगा रामलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।

घाइते रामलाई तत्काल प्रहरीले उपचारको लागी नारायणी अस्पताल पठाएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रहरीले लहरी र त्यसका चालक वीरगञ्ज महानगरपालिका १९ विन्दवासिनी बस्ने २४ वर्षीय सुजित यादवलाई नियन्त्रणमा लिएको छ । घटनाका बारेमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button