तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु 

नेपालगञ्ज । बाँकेको नेपालगञ्जमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मोटरसाइकल दुर्घटना हुँदा बाँकेकै जानकी गाउँपालिका–१ का २५ वर्षीय राजेश यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

नेपालगञ्जबाट घरतर्फ जाँदै गरेका यादवले चलाएको अन टेष्ट लेखिएको मोटरसाइकल नेपालगञ्ज उपमहानगरपालिका–१७ परस्पुरमा गएराती पौने १० बजे अनियन्त्रित भई पल्टिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button