तपाईँ सुन्दै हुनुहुन्छः

नवौं राष्ट्रिय खेलकुद फेन्सिङमा एपिएफलाई स्वर्ण

कास्की I नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बिहीबार फेन्सिङको महिला टिम फोयलमा सशस्त्र प्रहरी बल (एपिएफ) ले स्वर्ण पदक जितेको छ । एपिएफले बागमतीलाई ४५–३६ अङ्कले पछि पार्दै स्वर्ण पदक जितेको हो । फेन्सिङमा एपिएफको यो दोस्रो स्वर्ण पदक हो ।

पोखरा रङ्गशालास्थित ब्याडमिन्टन कोर्टमा भएको फाइनल प्रतिस्पर्धामा बागमतीले रजत पदक प्राप्त गर्दा गण्डकी प्रदेश र आर्मीले कास्य पदकमा चित्त बुझाए । फेन्सिङको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थानमा छ । बागमतीले ४ स्वर्ण, २ रजतसहित ६ पदक जितेको छ । त्यसैगरी आर्मीले ३ स्वर्ण, ५ रजत र ७ कास्यसहित १५ पदक प्राप्त गरेको छ ।

सशस्त्र प्रहरी २ स्वर्ण, ३ रजत र ६ कास्यसहित ११ पदका साथ तेस्रो स्थानमा छ । सुदूरपश्चिम १ स्वर्ण, २ कास्यसहित ३ पदकसहित चौथो, प्रदेश १ ले ३ कास्यसहित पाँचौँ र २ काश्य जितेको गण्डकी प्रदेश पदक तालिकाको पुछारमा छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button