तपाईँ सुन्दै हुनुहुन्छः

कार्यपालिका सदस्यहरू प्रचारप्रसारमा संलग्न भएकोप्रति आयोगको ध्यानाकर्षण

काठमाडौँ । निर्वाचन आयोगले कतिपय स्थानीय तहका कार्यपालिका सदस्यहरूले निर्वाचन आचारसंहिता विपरीत प्रचारप्रसारमा संलग्न भएको पाइएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

file photo

निर्वाचन आचारसंहिता अनुसार कुनै पनि स्थानीय तहमा निर्वाचित कार्यपालिका सदस्यले आफू निर्वाचित भएको पालिकाभित्र कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न नमिल्ने व्यवस्था छ ।

स्थानीय तहको कार्यपालिकाका पदाधिकारी र सदस्यहरूले निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको पाइएमा निर्वाचन आयोग ऐनबमोजिम निजलाई कारबाही गरिने आयोगद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button