तपाईँ सुन्दै हुनुहुन्छः

‘सागरले मोती पायो, बत्तीले ज्योति पायो’ ले चर्चा पाउँदै

भक्तपुर । बजारमा भर्खरै मात्र रिलिज भएको “सागरले मोती पायो, बत्तीले ज्योति पायो” बोलको गीतले चर्चा पाउन थालेको छ ।

गायक नवीन कार्की र गायिका मेलिना राईको स्वरमा बजारमा आएको उक्त गीतले एक साताको अवधिमै अढाई लाखभन्दा बढी भ्युअर्स पाएको हो ।

गीतका गीतकार डा.कृष्णहरि बराल रहेका छन् भने सङ्गीतकार रिमेशकुमार थापा छन् । उक्त गीतमा सङ्गीत संयोजन विश्व अधिकारी र रेकर्डिङ, मिक्सिंग भोला पौडेलले गरेका छन् ।

मायाप्रेम प्रधान उक्त गीतको भिडियोमा कार्टुन क्रिउका सरोज अधिकारी र आश्मा विश्वकर्माको मूल अभिनय छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button