तपाईँ सुन्दै हुनुहुन्छः

छठ घाटहरूको सरसफाइ अभियान सुरु

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले छठ पूजा २०७९ लाई लक्षित गर्दै आजबाट वीरगञ्जका विभिन्न छठ घाटहरूको सरसफाइ अभियान सुरु गरेको छ ।

वर्षायाममा छठ घाटहरू फोहोरले भरिएको तथा जलकुम्भीले पोखरी ढाकिएपछि त्यसलाई छठ पूजा पूर्व नै वृहत् सरसफाइ गर्नुपर्ने आवश्यकता देखिएकोले आजबाट अभियान सुरु गरिएको वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले बताउनुभयो ।

सरसफाइको क्रममा आज वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १६ स्थित माइदिया पोखरीको सरसफाइ सुरु गरिएको छ ।

माइदियासँगै नगर क्षेत्रका झण्डै एक दर्जन भन्दा बढी छठ घाटहरूको सफाइ तथा साज सजावट गरिने नगर प्रमुख सिंहले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button