समाजसेवी गोयललाई नागरिक अभिनन्दन गरिने

विराटनगर । समाजसेवी एवं उद्योगपति दिनबन्धु गोयललाई नागरिक अभिनन्दन गरिने भएको छ ।
लामो समयदेखि सामाजिक सेवामा सक्रिय रहनुभएका गोयललाई असोज –२८ गते शुक्रवार विराटनगरमा नागरिक अभिनन्दन गर्न लागिएको हो ।
नागरिक अभिनन्दन समारोह समितिले विराटनगर आज पत्रकार सम्मेलन गरि सो कुराको जानकारी गराएको हो ।
पूर्व राष्ट्रपति रामवरण यादवको प्रमुख आतिथ्यतामा तथा पशुपतिनाथ मन्दिरका मुल भट्टको विशेष आतिथ्यतामा समाजसेवी गोयललाई अभिनन्दन गर्न लागिएको समितिका अध्यक्ष सरेशकुमार शर्माले बताउनुभयो ।
समाजसेवी गोयललााई विराटनगरका विभिन्न संघ संस्थालगायत देश विदेशका गरि डेढ सय सङ्घसंस्थाले नागरिक अभिनन्दन तथा सम्मान गर्न लागेको शर्माको भनाई छ ।
सामाजिक व्यक्तित्वको रुपमा परिचित गोयलले मोरङ, झापा, सुनसरी, धनकुटा तथा तेह्रथुमलगायत विभिन्न जिल्लामा रहेका दुई सयभन्दा बढी शैक्षिक, धार्मिक तथा सामाजिक संघसंस्थाहरुलाई आर्थिक सहयोग पुर्याई रहनुभएको छ ।
२००५ सालमा झापामा जन्मनुभएका गोयलले विराटनगरमा बसेर विभिन्न उद्योग व्यवसाय सञ्चालन गर्दै आउनुभएको छ । गोयलले सात सयभन्दा बढी असहाय बालबालिकालाई नगद छात्रवृत्ति प्रदान , शैक्षिक सामाग्री वितरण, विभिन्न मठ मन्दिरको निर्माण, एक दर्जन आश्रम स्थल तथा सयौँ ज्येष्ठ नागरिक असहाय असक्त तथा एकल महिलाहरूलाई आर्थिक रुपमा सहयोग पुर्याई रहनुभएको छ ।
विगत २० वर्षदेखि सामाजिक कार्य गर्दै आउनुभएकाले विराटनगरको समाजले उहाँलाई नागरिक अभिनन्दन गर्न लागिएको समितिका महासचिव श्याम पौडेलले बताउनुभयो ।
नागरिक अभिनन्दनका लागि सुरेशकुमार शर्माको अध्यक्षतामा १७ सदस्यीय कार्य व्यवस्थापन समिति, १३ सदस्यीय सल्लाकार समिति तथा ४ सय ७५ सदस्यीय मुल समारोह समिति गठन गरिएको महासचिव पौडेलले जानकारी गराउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्