तपाईँ सुन्दै हुनुहुन्छः

अलपत्र पर्यटकको तत्काल उद्धार गर्न मन्त्री श्रेष्ठको निर्देशन

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले हिमाल आरोहणलगायत विभिन्न क्षेत्रमा अलपत्र परेका पर्यटकलाई तत्काल उद्धार गर्न निर्देशन दिनुभएको छ ।

पर्यटन विभागसहित मन्त्रालय मातहतका निकाय र सुरक्षा निकायका अधिकारीलाई मन्त्रालयमा बोलाएर मन्त्री श्रेष्ठले विपद्मा परेका विदेशी नागरिक तथा पर्यटकलाई तत्काल उद्धार गर्न निर्देशन दिनुभएको हो । 

निरन्तर वर्षा र प्रतिकूल मौसमका कारण पर्यटक बीच बाटोमै अलपत्र परेका तथा सम्पर्कमा आएका कतिपय पर्यटकलाई उद्धार गरिएको जनाइएको छ । 

अझै हिमाल आरोहणलगायत विभिन्न क्षेत्रमा पर्यटक अलपत्र भएको सूचना आएपछि मन्त्री श्रेष्ठले उनीहरुलाई तत्काल उद्धारको व्यवस्था मिलाउन निर्देशन दिनुभएको हो । 

मनाङ, गोरखा, मुस्ताङ र उपल्लो डोल्पालगायत हिमाली क्षेत्रमा पर्यटक पुगेका छन् । निरन्तर वर्षा र प्रतिकूल मौसमका कारण पर्यटकबीच बाटोमै अलपत्र परेका हुन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button