बाँकेमा जीप दुर्घटना हुँदा चालकको मृत्यु, तीन जना घाइते

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–२ झुरीखोलामा आज जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
जीपमा सवार तीन जना यात्रु घाइते भएका छन् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ का ५५ बर्षीय कृष्ण प्रसाद खतिवडाको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०१–०२८ च ००४४ नम्बरको टाटासुमो जीप आज बिहान सवा ७ बजे अनियन्त्रित भएर पल्टिँदा चालकसहित चार जना घाइते भएका थिए । घाइतेहरूलाई उपचारको लागि मेडिकल कलेज कोहलपुर लगिएकोमा उपचारकै क्रममा चालकको मृत्यु भएको हो ।








प्रतिक्रिया राख्नुहोस्