फेवातालको जलकुम्भी सरसफाइ गरिँदै

लेखनाथ I लगातारको वर्षासँगै पोखराको पर्यटकीय क्षेत्र फेवातालमा जलकुम्भी झार फैलिएपछि मङ्गलबार बिहानदेखि पोखरा महानगरपालिकाले फेवाताल सरसफाइ अभियान सुरु भएको छ। पोखराभित्र रहेका विभिन्न सङ्घसंस्था तथा सरकारी कार्यालयका कर्मचारीलाई बिहान तालमा फैलिएको जलकुम्भी झार तालबाट बाहिर निकाल्दै । दस वर्षदेखि फेवातालमा जलकुम्भी झार फैलिएकै छ । राष्ट्रिय खेलकुद परिषद(राखेप) का सदस्य सचिव टंक लाल घिसिङ,३३ वटै वडाका वडाध्यक्षहरु, राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्यहरु,नवौँ राष्ट्रिय खेलकुदका सचिवालय सदस्यहरु, नागरिक समाज, आमा समुह, टोल विकास संस्था, युवा क्लब लगायत संस्था र व्यक्तिहरुको, फेवाताल सफाई महाअभियानमा बाक्लो उपस्थिती रहेको छ।









प्रतिक्रिया राख्नुहोस्