तपाईँ सुन्दै हुनुहुन्छः

कार्तिक ५ गतेभित्र हातहतियार बुझाउन डडेलधुरा प्रशासनको निर्देशन

डडेल्धुरा । जिल्ला प्रशासन कार्यालय डडेलधुराले आगामी कार्तिक ५ गतेभित्र इजाजत प्राप्त हातहतियारहरू बुझाउन निर्देशन दिएको छ ।

कार्यालयले एक सूचना जारी गर्दै मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै हातहतियार बुझाउन भनेको हो ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्थापन गरी भयरहित वातावरण सृजना गर्न अपरिहार्य रहेकाले कार्तिक ५ गतेभित्र जिल्लाभित्र रहेका इजाजत प्राप्त हातहतियार नजिकको प्रहरी इकाई मार्फत जिल्ला प्रहरी कार्यालय वा जिल्ला प्रशासनमा हातहतियार बुझाउन अनुरोध गरेको हो ।

जिल्ला प्रशासन कार्यालय डडेलधुराले जारी गरेको सूचनामा घरमा राखिएका विभिन्न किसिमका हातहतियारहरू निर्वाचन सकिएपछि सम्बन्धित व्यक्तिलाई फिर्ता दिने गरी बुझाउन भनिएको हो प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीद्वारा हस्ताक्षरित विज्ञप्ति मार्फत सरोकारवालाहरूलाई जानकारी दिइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button