सोलुखुम्बुमा आठ दलबाट २१ जनाको उम्मेदवारी

सोलुखुम्बु । आगामी मङ्सिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि सोलुखुम्बुबाट आठ राजनीतिक दलका २१ जनाले उम्मेदवार मनोनयन दर्ता गराएका छन् ।
एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र भएको जिल्लामा संघका लागि सात जनाले र प्रदेशका लागि १४ जनाले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सोलुखुम्बुले जनाएको छ ।
कार्यालयका सहायक निर्वाचन अधिकृत नगेन्द्रकुमार कालाखेतीका अनुसार प्रतिनिधिसभाका लागि सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका बलबहादुर केसी, नेकपा एमालेबाट मानवीर राई र जसपाबाट ल्हाक्पा शेर्पाले मनोनयन दर्ता गर्नुभएको छ ।
त्यस्तै, राप्रपाबाट ज्ञानेन्द्रबहादुर बस्नेत, नेमकिपाबाट तारानाथ कट्टेल, नेकपा मालेबाट विष्णुप्रसाद बाँस्तोला र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट ल्हामु शेर्पाले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रदेशसभातर्फ नेकपा एमालेबाट प्रदेश ‘क’ मा उत्तमकुमार बस्नेत र प्रदेश ‘ख’ मा बुद्धिकुमार राजभण्डारी, गठबन्धनबाट प्रदेश ‘क’ मा नेकपा माओवादी केन्द्रका नेता गोम्बु शेर्पा (कज्र्याङ) र प्रदेश ‘ख’ मा शिवबहादुर बस्नेत (राजेन्द्र), राप्रपाबाट प्रदेश ‘क’ मा नरबहादुर बस्नेत र प्रदेश ‘ख’ मा प्रेमहरी दाहालले उम्मेदवारी दिनुभएको छ ।
जसपाबाट प्रदेश ‘क’ मा भक्तबहादुर राई र प्रदेश ‘ख’ मा महेशकुमार रानामगर, नेकपा एसबाट प्रदेश ‘क’ मा भिमकुमार शर्मा, नेमकिपाबाट प्रदेश ‘क’ मा चेतनाथ खनाल र प्रदेश ‘ख’ मा कमलबहादुर मगर, मंगोल नेश्नल अर्गनाइजेशनबाट प्रदेश ‘क’ खेमकुमार राई र प्रदेश ‘ख’ मा शान्तीमाया रानामगरले मनोनयन दर्ता गराउनुभएको हो ।







प्रतिक्रिया राख्नुहोस्