तपाईँ सुन्दै हुनुहुन्छः

नारायणगढ–मुग्लिन सडकमा सुक्खा पहिरो

भरतपुर। सुक्खा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालनमा आएको छ । आइतवार साँझ ८ः३० बजे भरतपुर महानगरपालिका भरतपुर २९ सत्रकिलोस्थित खानी खोला पुल नजिक सुक्खा पहिरो खसेको हो । पहिरो खसेपछि अहिले गन्तव्यमा हिँडेका सवारीसाधनको लाइन लागेको छ । सडक डिभिजन कार्यालसँग समन्वय गरेर पहिरो पन्छाउने काम सुरु गरिने इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ ।

बिहीबार मात्रै भरतपुर महानगरपालिका–२९ स्थित केराबारी र अठार किलोमा पहिरो खसेर सडक अवरुद्ध भएको थियो । यो वर्ष मात्रै दुई दर्जन बढीपटक पहिरो खसेर नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button