तपाईँ सुन्दै हुनुहुन्छः

दार्चुलामा २१ उम्मेदवारको मनोनयन दर्ता

दार्चुला । दार्चुलामा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ २१ उम्मेदवारको मनोनयन दर्ता भएको छ ।

प्रतिनिधिसभाका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा नौ जनाले र प्रदेशसभा क्षेत्र (क) मा छ जना र क्षेत्र (ख) मा छ जनाले गरि जम्मा २१ जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभामा सत्तारूढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू, नेकपा (एमाले) का पोलिटब्युरो सदस्य एवं पूर्व मन्त्री गणेशसिंह ठगुन्ना, राप्रपा नेता नरेन्द्रसिंह धामी, नेमकिपाका विश्वराम दुवाल, राप्रपा नेपालका देवबहादुर बम, नेशनल्स पिपुल्स पार्टीका धर्मसिंह दयाली, नागरिक उन्मुक्ति पार्टीका तारा दत्त जोशी, संघीय लोकतान्त्रिक मञ्चका रमेशराम लुहार र राष्ट्रिय स्वतन्त्र पार्टीका रबिन्द्रसिंह धामीले मनोनयन दर्ता गरेको मुख्य निर्वाचन अधिकृत खेमराज भट्टले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button