पूर्व मन्त्री पोखरेलद्वारा महोत्तरी—१ बाट उम्मेदवारी दर्ता
बर्दिबास । नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेलले प्रतिनिधिसभाका लागि चौथो पटक मनोनयन दर्ता गराउनुभएको छ । पूर्वमन्त्री समेत रहनुभएका पोखरेलले महोत्तरी—१ बाट चौथो पटक उम्मेदवारी दर्ता गराउनुभएको हो ।

आइतबार दिउँसो दलबलसहित बर्दिबासस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उहाँले ५ दलीय सत्ता गठबन्धनबाट महोत्तरी—१ का लागि प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गराउनुभयो ।
पोखरेल यसअघि तीन पटक महोत्तरी–१ बाट निर्वाचित भइसक्नुभएको छ । संविधान सभाको निर्वाचन २०६४, २०७० र प्रतिनिधिसभा निर्वाचन २०७४ गरी तीन पटक महोत्तरी–१ बाटै उहाँ निर्वाचित हुनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्