एमाले उपाध्यक्ष पौडेलद्वारा रुपन्देही क्षेत्र २ बाट उम्मेदवारी दर्ता

रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री बिष्णु पौडेलले प्रतिनिधिसभा सदस्यमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट मनोनयन दर्ता गराउनुभएको छ ।
उपाध्यक्ष पौडेलले रुपन्देही २ बाट बुटवल उपमहानगर रहेको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराउनुभएको प्रमुख निर्वाचन अधिकृत उदबिर नेपालीले जानकारी दिनुभयो।
रुपन्देही २ मा मतदान केन्द्र १३१, मतदान स्थल २३ वटा रहेका छन् । रुपन्देही २ क्षेत्रमा बुटवल उपमहानगर पालिकाका १३ वडा तिलोत्तमा नगरपालिकाका ६ र सैनामैना नगरपालिकाका ४ वटा वडाहरू पर्छन् । यो क्षेत्रमा १ लाख २६ हजार ८०७ मतदाता रहेका छन् । यो क्षेत्रबाट पौडेलले ३ पटक लगातार निर्वाचन जित्नुभएको छ ।

उहाँसँगै प्रदेशसभा सदस्यका लागि एमालेबाट पूर्वसांसद भोजप्रसाद श्रेष्ठ तथा लिला गिरीले उम्मेदवारी दर्ता गराउनुभयो ।
निर्वाचन कार्यालयका अनुसार अबको केही समयपछि अन्य दलका लागि समय दिइएको छ । सत्तारुढ गठबन्धनको तर्फबाट यो क्षेत्रमा सङ्घमा नेकपा एसका राजु गुरुङ तथा प्रदेश क मा माओवादीका बामदेव क्षेत्री र ख मा कांग्रेसका दीर्घबहादुर केसीले उम्मेदवारी दिने तयारीमा हुनुहन्छ।







प्रतिक्रिया राख्नुहोस्