तपाईँ सुन्दै हुनुहुन्छः

पहिराले महाकाली राजमार्ग अवरुद्ध

बैतडी I लगातारको वर्षाका कारण पहिरो जाँदा महाकाली राजमार्ग अवरुद्ध भएको छ । आज बिहान खसेको पहिराले राजमार्गअन्तर्गत बैतडीको सिन्के लेक नजिक पहिरो खस्दा सडक अवरुद्ध बनेको हो । 

अवरुद्ध राजमार्ग खुलाउन जेसिबी पठाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो ।  राजमार्ग अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका सवारी साधन ठप्प हुँदा यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् । 

यस्तै सोही राजमार्गको दोगडाकेदार–३ खिरेगाउँमा पनि सडक आंशिक रूपमा बन्द भएको छ । 

जनजीवन प्रभावित

लगातारको वर्षाका कारण बैतडीसहित सुदूरपश्चिमको  जनजीवन  प्रभावित भएको छ ।  बुधबार रातिदेखिको लगातारको वर्षाले यहाँका जनजीवन प्रभावित भएको  हो । वर्षाले दैनिक कामकाजका साथै यहाँका राजमार्ग तथा कच्ची सडकमा सञ्चालन हुने सवारी आवागमन प्रभावित हुँदा दसैँ मनाएर फर्किने यात्रुहरू समस्यामा परेका छन् । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button