तपाईँ सुन्दै हुनुहुन्छः

भजनीका ४ सय घरपरिवार विस्थापित

धनगढी । अविरल वर्षासँगै नदीमा आएको बाढीबाट घर डुबानमा परेपछि कैलालीको भजनीका झण्डै ४ सय घरपरिवार विस्थापित भएका छन् । विस्थापित घरपरिवार विद्यालय तथा हुलाकी राजमार्गमा बसिरहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं डिएसपी वेद जोशीका अनुसार घर डुबानमा परेपछि भजनी नगरपालिका क्षेत्रका झण्डै चार सय घरपरिवार विस्थापित भएका हुन् । उनीहरूमध्ये १ सय १० घरपरिवार राष्ट्रिय माध्यमिक विद्यालयमा बसेका छन् । यस्तै २ सय ८० घरपरिवार हुलाकी राजमार्गमा बसिरहेका छन् । हुलाकी सडकमा त्रिपालको सहारामा बसिरहेका ती परिवारलाई निरन्तरको बर्षाले झनै समस्या भएको छ । बाढी प्रभावित क्षेत्रमा प्रहरी टोली परिचालन गरिएको छ ।

कैलालीमा निरन्तर वर्षा भइरहेको छ । वर्षा नरोकिँदा कर्णाली, कान्द्रा, पथरैया लगायतका नदीमा जल सतह बढिरहेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button