तपाईँ सुन्दै हुनुहुन्छः

नवलपरासीको झरही खोलामा एक पुरुषको शव फेला

नवलपरासी ।  पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर १७ पिपरहियाको झरही खोला एक पुरुषको शव फेला परेको छ ।

पिपरहिया स्थित झरही खोलामा अन्दाजी ३२ वर्षीया पुरुषको शव फेला परेको हो । 

नदी किनारमा दाउरा बटुल्न गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालयले बताएको छ।

शवको सनाखत हुन नसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button