बाराको सिम्रौनगढबाट ९ लाख नेपाली नक्कली नोटसहित एक जना पक्राउ
बारा । बारा प्रहरीले सिम्रौनगढबाट करिब नौ लाख नेपाली नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ ।
विशेष सूचनाको अधारमा गएको प्रहरी टोलीले सिम्रौनगढ नगरपालिकाको वडा न.०५ कनकपुरबाट नक्कली नोट सहित मानिसलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
रोकी राखेको नम्बर प्रस्ट नबुझिने मोटरसाइकलमा राखिएको नक्कली नोटसहित चालक मोतिहारी जिल्ला पिपरकोठी थाना बस्ने बर्ष २५ को रञ्जित कुमार मुखियालाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले ९ वटा गड्डीमा रहेको रु १ हजार दरका ८ सय ९५ थान नक्कली नोट बरामद गरेको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो । पक्राउ परेकालाई ईलाका प्रहरी सिम्रौनगढको नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्