वर्षाका कारण डडेलधुराका ग्रामीण सडक अवरुद्ध
डडेलधुरा । बिहीबार साँझदेखि परेको बर्षातका कारण ग्रामीण सडकहरू अवरुद्ध भएका छन् ।
जिल्ला प्रशासन कार्यालय डडेलधुराले बर्षातले सडक अवरुद्ध हुनुका साथै बाढी पहिरो हुन सक्ने सम्भावित क्षेत्रहरूमा सतर्कता अपनाउन स्थानीयबासीलाई आग्रह गरेको छ ।
खेतीपाती भित्र्याउने बेला पटक पटक परिरहेको वर्षाले किसानहरू हैरानी खेप्नुपरिरहेको परशुराम नगरपालिकाका स्थानीय कृष्ण बोहरा बताउनुभयो ।
एकातिर धान बाली खेतमै कुहिन थालेको छ भने अर्को तिर कति बेला रगुन र पुन्तुरा नदीले घर खेत बगाउने हो भनेर नत रातीको निन्द्रा र नत दिउँसोको भोक नै भएको उहाँको गुनासो छ ।
डडेलधुराका अधिकास ग्रामीण सडकहरू दसैँको बेला खुलेता पनि फेरी वर्षाका कारण अवरुद्ध भएका छन् ।








प्रतिक्रिया राख्नुहोस्