डडेलधुरामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

डडेलधुरा । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि डडेलधुरामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
जिल्ला अदालतमा बिहीबार एक कार्यक्रमको आयोजना गरेर मुख्य निर्वाचन अधिकृत कार्यालय स्थापना गरिएको हो ।
असोज २३ गते प्रत्यक्ष तर्फको मनोनयन दर्ता गर्ने मिति तय भएकाले निर्वाचन कार्यक्रम अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको जिल्ला निर्वाचन अधिकृत करुणाकर अवस्थीले बताउनुभएको छ ।
निर्वाचन आयोगले असोज २३ गते नै मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, असोज २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, असोज २५ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने, असोज २६ गते उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, उम्मेदवार लाई चुनाव चिन्ह प्रदान गर्ने कार्य तालिका तय गरेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनाका लागि मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश बालकृष्ण वाग्लेका साथै अमरगढी नगरपालिकाका नगर प्रमुख डिल्लीराज जोशी, जिल्ला समन्वय समितिका प्रमुख गगनसिंह भण्डारी, प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी, जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रमुख प्रहरी नायब उपरीक्षक मनोहर प्रसाद भट्ट तथा सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन कार्य तालिका अनुसार निर्वाचनका सम्पूर्ण काम अघि बढाउने र निर्वाचन आचारसंहिता पालना गरे/नगरेको विषयमा समेत अनुगमन गर्ने बताइएको छ ।








प्रतिक्रिया राख्नुहोस्