तपाईँ सुन्दै हुनुहुन्छः

भारतीय बजारमा चहलपहल, नेपाली बजार सुनसान

भैरहवा । हिन्दुहरूको महान् पर्व विजयादशमी नजिकिँदै जाँदा नेपाली बजार सुनसान छन् भने भारतीय बजारमा चहलपहल बढेको छ ।

रुपन्देहीको भैरहवादेखि ४ किलोमिटर नजिकैको भारतीय शहर सुनौलीमा पाल्पा, नवलपरासीदेखि पहाडी जिल्लामा दशैँ मनाउन जानेहरूको चाप अत्यधिक मात्रामा बढेको छ ।

घरायसी तथा दैनिकी उपभोग्य सामानमा कर नलाग्ने कारण उपभोक्ताहरूको भारतीय बजारमा चहलपहल बढेको देखिन्छ । सडक नै जाम हुने गरि उपभोक्ताहरूको आवतजावत अत्यधिक मात्रा बढेको छ ।

सिद्धार्थ उद्योग वाणिज्य सङ्घले नेपाली बजार चहलपहल बढाउने उद्देश्यले दशैँ सस्तो बजार राखे पनि उल्लेख्य मात्रामा ब्यापार नभएको ब्यावसायीहरुको गुनासो छ । सुनौली बजारमा धेरै सस्तो पाइन्छ भन्दै धेरै नेपालीहरू भारतको सुनौली बजार जाँदा आफूहरू मारमा परेको ब्यावसायीहरु बताउँछन् ।

सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भीष्म प्रसाद न्यौपानेले नेपाल उद्योग वाणिज्य महासङ्घलाई रोक्न दिने अधिकार दिने हो रोक्न सक्ने बताउनुभयो । ‘सबै राजनैतिक खेल हो पारीको भारतीय बजार पनि इलिगल छ ९० प्रतिशत कर तिर्दैनन् । ९८ प्रतिशत हामीले भारतीय सामान प्रयोग गर्ने हो ।’

उद्योग ब्यापार सङ्गठन रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले एउटा व्यापारी कहिले उपभोक्ता र कहिले व्यापारी बन्ने गरेकोले जति गरे पनि नेपाली बजार नचल्ने बताउनुभयो ।

‘मनदेखि सबै व्यापारी उपभोक्ता हुनुपर्यो । गल्लामण्डी, बैँकरोड, नारायण पथका व्यापारी बुटवलका व्यापारीले आफूलाई चाहिने सामान जब सम्म यहाँ किन्दैनन् तबसम्म बजार यस्तै हुन्छ यताको बजार सुनसान हुन्छ ।’ ज्ञवालीले भन्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button