राष्ट्रपतिले सर्वसाधारणलाई टीका, प्रसाद प्रदान गर्नुहुने
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीको दिन सर्वसाधारणलाई दसैँको टीका प्रसाद प्रदान गर्नुहुने भएको छ ।

राष्ट्रपति कार्यालय, शीतल निवासमा राष्ट्रपति भण्डारीले विजयादशमीको दिन दिउँसो २ बजेदेखि ३ बजेसम्म मन्त्री, प्रदेश प्रमुख, न्यायाधीश, संघीय संसद्का सदस्य, संवैधानिक निकायका पदाधिकारी एवं विशिष्ट महानुभावहरूलाई टीका प्रसाद प्रदान गर्नुहुने छ ।
त्यसैगरी राष्ट्रपति भण्डारीबाट ३ देखि ५ बजेसम्म इच्छुक सर्वसाधारणलाई टीका, प्रसाद प्रदान हुने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्