लोक सेवा आयोगद्वारा वार्षिक प्रतिवेदन पेश
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष लोक सेवा आयोगले आफ्नो ६३ औँ वार्षिक प्रतिवेदन पेश गरेको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित समारोहमा राष्ट्रपति भण्डारीसमक्ष आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीले नेपालको संविधान बमोजिम आर्थिक वर्ष २०७८/०७९ को लोक सेवा आयोगको ६३ औँ वार्षिक प्रतिवेदन पेश गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्