तपाईँ सुन्दै हुनुहुन्छः

एमाले सचिवालय बैठक बस्दै 

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ ।  बैठक दिउँसो ३ बजे अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बस्ने छ ।

बैठकमा यही असोज २३ गते प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्नुपर्ने भएकाले सोही विषयमा छलफल हुने नेताहरूले बताउनुभएको छ । यसैगरी, बैठकमा विभिन्न दलसँग चुनावी तालमेल गर्ने, नगर्ने भनने बारे छलफल गरिने जनाइएको छ।

उम्मेदवार छान्नका लागि यसअघि बसेको केन्द्रीय कमिटी बैठकले सचिवालयलाई जिम्मा दिइसकेको छ । एमालेमा प्रत्यक्षतर्फका उम्मेदवारका लागि तल्ला कमिटीले सिफारिस गरिसकेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button