तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

गए राती गाउँपालिका वडा नम्बर १ स्थित भित्री सडकमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा सोही ठाउँका ३५ वर्षीय रामचन्द्र दासको मृत्यु भएको हो ।

पूर्वबाट पश्चिमतर्फ गइरहेको मोटरसाइकल आफैँ अनियन्त्रित भएको र उक्त मोटरसाइकलमा पछाडि सवार दास गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारका लागि विराटनगरको गोल्डेन अस्पताल भर्ना गरिएकोमा उपचारको क्रममा आज मङ्गलवार मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

चालक सोही ठाउँका २७ वर्षीय अनन्दी दास सामान्य घाइते भएका उनी मोरङ प्रहरीको नियन्त्रणमा छन् । दुर्घटनापछि मोटरसाइकल कहाँ पुग्यो भन्ने समेत फेला पार्न प्रहरीले सकेको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button