गृहमन्त्रीबाट पाँच पर्यटकलाई सीमा नाकामा स्वागत

भैरहवा । ४३ औं विश्व पर्यटन दिवसका अवसरमा पाँच जना विदेशी पर्यटकलाई गृहमन्त्री बालकृष्ण खाडले स्वागत गर्नुभएको छ ।
पर्यटन दिवसका अवसरमा ११ गते बिहान बेलहिया नाका हुँदै पहिलो पटक भित्रिएका इजरायल, क्यानडा,चीन र भारतकाबाट आएका बिदेसी पर्यटकहरुलाई गृहमन्त्री खाँडले स्वागत गर्नुभएको हो ।
लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्रालयको आयोजनामा बेलहियामा भएको कार्यक्रममा गृहमन्त्री खाँडले नेपालको विविधतालाई जोगाएर भाषा, संस्कृति, भेष भूषा सम्पदा संसारका पर्यटकलाई आकर्षक गरिरहने बताउनु भयो ।
‘पर्यटनको विकास गर्न सरकार प्रतिबद्ध छ ।’ गृहमन्त्री खाडले भन्नुभयो, ‘अतिथिहरूलाई सम्मान गर्ने नेपालको संस्कृति हो । ५० वर्ष पहिले बाहिरबाट पाहुना आए पनि निःशुल्क स्वागत गरिन्थ्यो । अहिले विभिन्न सेवा सुविधा दिँदै स्वागत गरेका छौँ ।’
गृहमन्त्री खाँडले यस नाकाको सुरक्षा र क्वारेन्टाइन अन्तर्राष्ट्रिय स्तरको बनाउन आवश्यक रहेको बताउनुभयो । सडक विभागलाई अविलम्ब व्यवस्थित सडकका लागि कार्य गर्न निर्देशन दिँदै खाँडले हेलचेक्र्याइँ नगरी सडक बनाउन निर्देशन दिनुभयो ।

खाँडले पर्यटकहरूले इमिग्रेसनको कार्यालय टाढा भएका कारण सास्ती भोग्नुपरेको बताउनुहुँदै इमिग्रेसनको भवन पुरा नहुन्जेल यहीबाट सेवा दिन निर्देशन दिनुभयो ।
लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री डिल्ली बहादुर चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा
नेपाल एसोसिएसन अफ ट्राभल एन्ड टुर एजेन्ट(नाटा) का अध्यक्ष तथा कार्यक्रमका संयोजक चन्द्र प्रकाश श्रेष्ठको स्वागत मन्तव्य र (नाटा) नेपाल एसोसिएसन अफ ट्राभल एन्ड टुर एजेन्ट लुम्बिनी प्रदेशका उपाध्यक्ष चन्द्र बहादुर थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्