पोखरेलको ‘पहाडको थुम्को’ सार्वजनिक
काठमाडौँ । गायक सीताराम पोखरेलको म्युजिक भिडियो ‘पहाडको थुम्को’ सार्वजनिक भएको छ । पोखरेलको यो २७ औँ म्युजिक भिडियो हो ।
भिडियोमा गायक स्वयं र अभिनेत्री अनु शाहको प्रेमकथा देख्न सकिन्छ ।

भिडियोको निर्देशन समन अधिकारीले गर्नुभएको हो भने छायाङ्कन मुस्ताङको जोमसोम, मार्फा, उपल्लो मुस्ताङ, छुसाङ लगायतका क्षेत्रमा भएको हो । छायाङ्कन र सम्पादन अनिल कटवालले गर्नुभएको हो ।
रूपक बनवासीद्वारा लिखित शब्दहरूमा राज सागरको सङ्गीत रहेको छ ।
विगत तीन दशकदेखि निरन्तर गायनमा सक्रिय रहनुभएका पोखरेल रेडियो नेपाल सञ्चालक समिति सदस्य पनि हुनुहुन्छ ।








प्रतिक्रिया राख्नुहोस्