तपाईँ सुन्दै हुनुहुन्छः

बीरगञ्जमा चट्याङ लाग्दा १ को मृत्यु ४ घाइते

बीरगञ्ज।वीरगजमा चट्याङ लागेर आज बिहान एक किशोरको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । 

बिहान ७ बजे बीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैया पोखरी नजिकै खेलीरहेको अवस्थामा स्थानीय १६ वर्षीय सिद्धान्त ढुङ्गानाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी निरीक्षक दिपक गिरीले बताउनुभयो । 

चट्याङ लाग्दा स्थानीय ४ जना किशोर घाइते भएको र उनीहरूको नारायणी अस्पताल बीरगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button